Breaking News

शंखमुल पार्क महानगरलाई हस्तान्तरण

ललितपुर, २५ असोज ।

ललितपुरकाे शंखमुलमा गैर आवासीय नेपाली संघ(एनआरएनए)ले निर्माण गरेको शंखमुल पार्क ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

गैर आवासीय नेपाली दिवसको अवसर पारेर एक कार्यक्रमका बीच एनआरएनएले महानगरपालिकालाई पार्क हस्तान्तरण गरेको हो । कार्यक्रममा शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राइनले बाह्य लगानी भित्र्याउन भूमिका निर्वाह गर्न एनआरएनएसंग आग्रह गरे ।

ललितपूर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शंकमुल पार्कलाई सुन्दर बनाइराख्ने प्रतिवद्धता जनाए । कार्यक्रममा एनआरएनएका पूर्व अध्यक्षहरूले सरकारको आर्थिक समृद्धिको नारालाई साथ दिन आफूहरू तयार रहेको जनाएका छन् । समृद्धिसंगसंगै संस्कृतिको जगेर्ना गर्नुपर्नेमा उनीहरूको जोड छ ।

एनआरएनए आँफैले निर्माण गरेको यो सबैभन्दा ठूलो परियोजना हो । सन २०१६ मा सुरु भई २०१८ मा सम्पन्न परियोजनाको कूल लागत ३ करोड ५० लाख रुपैयाँ रहेको छ ।

shares