Breaking News

ए डिभिजन लिग फूटबलमा थ्री स्टार र नेपाल पुलिस क्लबको विजयी सुरुवात

काठमाण्डौ, २५ असोज । शहीद स्मारक ए डिभिजन लिग फूटबलमा थ्री स्टार र नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा साविक विजेता थ्री स्टारले फ्रेण्ड्स क्लबलाई २–१ ले हराउँदा पुलिसले जाउलाखेलमाथि १–० को जित निकाल्यो । जितसँगै दुवै टोलीले समान तीन अंक जोडेका छन् ।

थ्रीस्टारको जितमा रन्जन विष्ट र बुद्ध चेम्जोङले गोल गरे । खेलको सुरुदेखि नै फ्रेन्ड्सलाई दबाबमा राखेको थ्रीस्टारका लागि १७ औं मिनेटमा रन्जनले गोल गर्दै अग्रता दिलाए । रन्जनले मैदानकाे मध्य भागबाट डिफेन्सलाई बिट गर्दै गोल गरे ।

दोस्रो हाफमा पनि थ्रीस्टारले आक्रामक रणनीतिलाई निरन्तरता दियो । ८३औं मिनेटमा बुद्ध चेम्जोङले थ्रीस्टारको अग्रता दोब्बर बनाए । फ्रेन्ड्सको मिसपासलाई कन्ट्रोल गर्दै बुद्धले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार डिफेन्डरसँग ठाेक्किएर गोलमा परिणत भयाे ।

दोस्रो खेलमा जाउलाखेलविरुद्ध पुलिसलाई जिताउन अजित भण्डारीले गोल गरे । खेलको सुरुदेखि नै जावलाखेलमाथि दबाब बनाएको पुलिसका लागि ३२औं मिनेटमा भण्डारीले गरेकाे गोल नै निर्णायक बन्यो । डि एरिया बाहिरबाट सुमन लामाले प्रहार गरेको बललाई नियन्त्रणमा लिँदै अजितले सहजै बललाइ जाली चुमाए ।

shares