Breaking News

अनशनको क्रममा पर्यावरणविद् अग्रवालको निधन

काठमाण्डौ, २५ असोज ।

भारतका एक पर्यावरणविद् प्राध्यापक जीडी अग्रवालको अनशनका क्रममा निधन भएको छ ।

गंगा सफाईको माग गर्दै एक सय ११ दिनदेखि अनशन बसिरहेका प्रोफेसर अग्रवालको बिहीबार निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

मंगलबारदेखि उनले पानी पिउन पनि छोडेका थिए । पछिल्लो सातादेखि ८६ वर्षीय अग्रवालको स्थिति अत्यन्तै गम्भीर भएको थियो । प्रहरीले उनलाई जबर्जस्ती ऋषिकेशस्थित एम्स अस्पतालमा भर्ना गराएको थियो ।

गंगालाई अविरल बनाउन माग गर्दै अग्रवाल पहिलो पटक सन् २००८ मा अनशन बसेका थिए ।

shares