Breaking News

अन्तरिक्ष केन्द्रका लागि उडेको रुसी रकेटको अाकस्मिक अवतरण

काठमाण्डौ, २५ असोज ।

दुई जना अन्तरिक्ष यात्री बोकेको एउटा रुसी रकेट उडानको क्रममा खराबी अाएपछि काजकस्तानमा अाकस्मिक अवतरण गरेको छ ।

रसियन अन्तरिक्ष यात्री एलेक्सी अभ्चिनिन र अर्का अमेरिकी अन्तरिक्ष यात्री निक हेग सकुशल रहेको नासा र रुसी सञ्चार माध्यमले जनाएका छन् ।

खोज तथा उद्धार टोली घटनास्थलतर्फ अघि बढेको जनाइएको छ ।

काजकस्तानबाट स्थानीय समयअनुसार दिउँसो २ बजे अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि ६ घण्टे यात्रामा उडेको उक्त रकेटमा समस्या देखिएपछि अाकस्मिक अवतरण गराइएको नासाले जनाएको छ ।

दुवै अन्तरिक्ष यात्रीहरू अन्तरिक्ष केन्द्रमा ६ महिनासम्म रही विभिन्न वैज्ञानिक परीक्षण गर्ने उदेश्यका साथ उडेका थिए ।

shares