Breaking News

एलिसा र आकाश राई अभिनित ”आँखामा गाजल” सार्वजनिक (भिडियो)

काठमाण्डौ, २५ असोज ।

अहिलेकी चर्चित डान्सर मोडल एलिसा राई अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नव गायिका शर्मिला राईको स्वरमा रहेको ”आँखामा गाजल”मा युवा गीतकार डी पी खनालको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको छ भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ । गीतको अभिनयमा एलिसालाई आकाश राईले साथ दिएका छन् ।

धेरै समयपछि पुन भिडियो निर्देशनमा फर्किएका गायक विजय रुम्बाले निर्देशन गरेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र शिलन लम्सालको सम्पादन रहेको छ ।

भिडियोमा गीतको मर्मअनुसारनै विशेषगरी किशोर अवस्थामा रहेकी युवतीले आफ्नो मनमा लागेका भावनालाई सम्झिएर गरिएको प्रस्तुति देखाइएको निर्देशक रुम्बाले जानकारी दिए ।

हेर्नुहोस् भिडियो-

shares