Breaking News

नेपाल प्रहरी छिट्टै प्रादेशिक संरचनामा जान आवश्यक: मुख्यमन्त्री राई

विराटनगर, २५ असोज ।

प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राईले प्रदेश सरकार नागरिक सुरक्षालाई मुख्य प्राथमिकतामा राखेर अघि बढिरहेकाे बताएका छन् ।

प्रदेश नम्बर १ प्रहरी कार्यालयले ६३ औ प्रहरी दिवसको अवसरमा आज विराटनगरमा गरेको कार्यक्रममा उनले प्रदेशको नागरिकको सुरक्षाको जगमा उभिएर तीव्र विकास गर्ने योजना सार्थक बनाउन पनि आफ्नै संरचनामा प्रदेश प्रहरी अटाउन आवश्यक रहेकाे बताए ।

मूख्यमन्त्री राईले छिट्टै नेपाल प्रहरी पनि प्रादेशिक संरचनामा जान आवश्यक रहेको बताए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रदेश प्रहरीलाई स्राेत साधान सम्पन्न बनाउन मन्त्रालय कार्ययोजना बनाएर काम गर्न तयार रहेकाे बताए ।

shares