Breaking News

पपुअा न्यु गिनीमा ७ म्याग्निच्युडको भूकम्प

काठमाण्डौ, २५ असोज ।

पपुअा न्यु गिनीको पूर्वी भागमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ ।

स्थानीय समयअनुसार बिहान ७ बजे गएको उक्त भूकम्पको कारण कुनै ठूलो क्षतिको विवरण प्राप्त भएको छैन । राबोल सहरको २ सय किलोमिटर दक्षिण-पश्चिम भू-भागमा असर महसूस गरिएको भूकम्पको गहिराई ४० किलोमिटर रहेको जनाइएको छ ।

भूकम्पको केन्द्रबिन्दु अासपासका गाउँहरू सम्पर्कविहिन भएको त्यहाँका अधिकारीहरूले बताएका छन् । भूकम्पपश्चात् ५ म्याग्निच्युडमाथिका कम्तीमा दुईवटा पराकम्पहरू महसूस गरिएको छ ।

भूकम्पका कारण कुनै खतरनाक सुनामीको संभावना नदेखिएको प्यासिफिक सुनामी वार्निङ सेन्टरले जनाएको छ ।

shares