Breaking News

जबर्जस्ती करणी गरेर भाग्न खोज्ने एक व्यक्ति पक्राउ

रुकुम, २५ असोज । जबर्जस्ती करणी गरेर भाग्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुकुम पूर्व भूमे गाउँपालिका ४, हुकामका ३० वर्षीय सवीन्द्र घर्ती रहेका छन् । उनले रुकुम पश्चिम बाँफिकोट गाउँपालिका घर भई मुसिकोटमा कोठा गरी बस्ने ३० वर्षीया महिलालाई करणी गरेका थिए ।

राती सुतिरहेको बेला उक्त महिलाको कोठामा प्रवेश गरी जबर्जस्ती करणीपश्चात् २० हजार रुपैयाँसमेत चोरी गरी भाग्ने प्रयास गरेका थिए । तर घटनाको जानकारी पाउनसाथ प्रहरी टोली घटनास्थलमा पुगेर उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले जानकारी दिए ।

प्रहरी प्रमुख खड्काका अनुसार २० हजार रुपैयाँ चोरी भएकोमा १६ हजार नगद र १ थान मोबाइल बरामदसमेत गरिएको छ । घर्तीलाई जिल्ला अदालत रुकुमबाट १५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

shares