Breaking News

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुने

काठमाण्डौ, २५ असोज । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने पहिलो खेलमा बिहान ११ बजेदखि थ्रीस्टार र फ्रेण्ड्स क्लवबीच प्रतिस्पर्धा हुनेछ ।ललितपुर डर्बीको रूपमा हेरिएको यस खेलमा थ्रीस्टार बलियो मानिन्छ । दुई वर्षअघिको राष्ट्रिय लिग विजेता थ्रीस्टार ए डिभिजन लिगकै दाबेदारको रूपमा रहेको छ ।

दिउँसो ३ बजेदेखि सुरु हुने दोस्रो खेलमा जावलाखेलले विभागीय टोली नेपाल पुलिसको सामना गर्नेछ । लामो समयदेखि नकआउट प्रतियोगिताहरूमा पनि सहभागिता नजनाएको जावलाखेलको टोली नयाँ फर्मेसनमा छ भने युवा खेलाडीले भरिएको पुलिस पुस्तान्तरणपछि ए डिभिजन लिगमा पुनरागमन गर्न चाहन्छ ।

यसअघि बुधबार भएकाे खेलमा नवप्रवेशी च्यासल युथ क्लब र मच्छिन्द्र क्लबले गाेलरहित बराबरीमा अंक बाँढेका छन् । च्यासलले पाएकाे पेनाल्टीलार्इ गाेलमा परिणत गर्न नसक्दा अंक बाँडेकाे हाे ।

shares