Breaking News

नौबीसे–नागढुंगा सडकमा ठूला मालवाहक गाडी र ट्याक्टर प्रवेशमा रोक

धादिङ, २५ असोज ।

दसैँको बेला हुन सक्ने सडक जाम र सवारी चापलाई मध्यनजर गर्दै नौबीसे–नागढुंगा सडकमा ठूला मालवाहक गाडी र ट्याक्टर प्रवेशमा रोक लगाइएको छ ।

यही असाेज ३१ गतेसम्मका लागि ठूला मालवाहक सवारीसाधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दसैँ मनाउन काठमाडौंबाट बाहिरिने गाडीको चाप बढ्ने भएकाले ट्रेलर र ट्याक्टरलाई राेक लगाउँदा यात्रुवाहक सवारी साधनलाई सहज हुने ट्राफिक प्रहरीकाे ठहर छ ।

नौबीसे–नागढुंगा सडकखण्डमा क्षमताभन्दा बढी भार बोकेका गाडी उकालोमा बिग्रेर जाम हुने हुनाले त्यस्ता सवारीसाधनलाई रोक लगाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

shares