Breaking News

उपत्यकाबाट दैनिक ५६ हजार यात्रु बाहिरिंदै

काठमाण्डौ, २५ असोज ।

उपत्यकाबाट दसैँ मान्नका लागि बाहिरिने यात्रुको संख्या दैनिक ५६ हजार पुगेकाे छ ।

दसैं सुरु भएसंगै दैनिक ५६ हजारको हाराहारीमा उपत्यकाबाट यात्रु बाहिरिने गरेको नागढुंगा प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक हरि भट्टराईले जानकारी दिए ।

घटस्थापनादेखि सरकारी तथा निजी विद्यालय बिदा भएकाले दसैँ मान्नका लागि उपत्यकाबाट बाहिरिने यात्रुकाे संख्या बढेकाे हाे । यसअघि हप्तामा जम्मा ३३ हजारका दरले बाहिरिने गरेका थिए ।

काठमाडौँ उपत्यकाबाट दैनिक ४ हजार ५ सय सार्वजनिक यातायातका साधन बाहिरिने गरेका छन् भने ३ हजार ७ सय भित्रिने गरेका छन् ।

shares