Breaking News

‘मानसिक समस्याबारे खुलेर कुरा गराैं’

कमला गुरुङ/काठमाण्डौ, २४ असोज ।

आज अक्टोबर १० अर्थात् विश्व मानसिक स्वास्थ्य दिवस । विश्व मानसिक दिवसको यो वर्षको नारा ‘बदलिंदो विश्व परिवेशमा यूवा र मानसिक स्वास्थ्य’ भन्ने छ ।

नेपालमा करीब २२ लाख बढी यूवा मानसिक समस्याबाट प्रभावित रहेको अनौपचारिक तथ्याङ्क छ । १५ देखि २४ वर्ष उमेर समूहमा मानसिक स्वास्थ्य समस्या बढी हुने गरेको पाइएको छ । ५ यूवामध्ये १ जनामा मानसिक समस्या देखिने गरेको छ । यो तथ्याङ्क आफैंमा यूवाहरूमा मानसिक समस्या बढ्दो छ भन्नेका लागि बलियो उदाहरण हो । युवाहरूको बुझाइमा मानसिक समस्याबारे अब खुलेर कुरा गर्ने बेला भएको छ ।

परिवार र समाजले स्वीकार गर्नुभन्दा लुकाउन खोज्दा मानसिक समस्या बढ्दै गएको जानकारहरूको बुझाइ छ । मानसिक तनावका कारण थुप्रै रोग लाग्न सक्छ । मानसिक समस्याबाट जोगिन खुलेर कुरा गर्न मनोरोग विशेषज्ञ डा‍. अरुणराज कुँवरकाे सुझाव छ ।

कुँवर भन्छन्, मानसिक राेग भन्ने बितित्कै समाजले हेर्ने दृष्टिकाेण फरक छ । याे समस्या जति लुकाउँछाै, त्यति समस्या बढ्दै जान्छ ।मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्ने गरेको बताएपनि सरकारले यसका लागि एक प्रतिशतभन्दा पनि कम बजेट छुट्याएको छ ।

समस्या न्यूनिकरणका लागि सरकारले २५ शैय्या सम्मका अस्पतालमा मानसिक रोग विशेषज्ञ पठाउने तयारी गरेको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादव बताउँछन् । नेपालमा वर्षेनी करिब ५ हजार जनाले आत्महत्या गर्ने गरेको र ८५ प्रतिशतले मानसिक रोगको उपचार नपाउने गरेको सरकारी तथ्यांक छ ।

shares