Breaking News

खाद्य प्रविधिका दुई उत्कृष्ट विद्यार्थी पुरस्कृत हुने

काठमाण्डौ, २४ असोज ।

त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयका दुई उत्कृष्ट विद्यार्थीलाई हरेक वर्ष प्रदान गरिँदै आएको गोबिन्द वल्लभ पन्त स्मृति नेफ्सा अवार्ड, यस वर्ष २०१८ का लागि त्रिविका प्रशान्त दाहाल र पूर्वाञ्चल विश्वविद्यालयका संजय कार्कीलाई प्रदान गर्ने घोषणा गरिएको छ ।

गोबिन्द वल्लभ पन्त स्मृति ट्रष्टका उपाध्यक्ष हरिहर गुरागाईंले ट्रस्टका तर्फबाट घोषणा गर्दै यो अवार्ड यसै हप्ता काठमाडौंमा प्रदान गर्ने जानकारी गराएका हुन् ।

नेपालभरका खाद्य प्रविधि अध्यापन गराइने कलेजहरूबाट बी. टेक. खाद्य प्रविधिका उत्कृष्ट विद्यार्थीहरूमध्ये त्रिभुवन विश्वविद्यालयबाट १ जना र पूर्वाञ्चल विश्वविद्यालयबाट १ जना उत्कृष्ट विद्यार्थीलाई यो अवार्डबाट पुरस्कृत गर्ने गरिएको छ ।

ट्रस्टले नेपाल खाद्य प्रविधि विद्यार्थी संघ (नेफ्सा) को सहयोगमा यो पुरस्कार संघका दोश्रो अध्यक्ष स्वर्गीय गोबिन्द बल्लभ पन्तको स्मृतिमा स्थापना गरेको हो ।

shares