Breaking News

महान्यायाधिवक्ताको कार्यालय भवन शिलान्याश

काठमाण्डौ, २४ असोज ।

भूकम्पले क्षति पुर्‍याएको महान्यायाधिवक्ताको कार्यालय भवनको बुधबार शिलान्यास गरिएको छ ।

महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले रामशाहपथमा एक कार्यक्रमका बीच सो भवनको वैदिक विधिअनुसार शिलान्याश गरेका हुन् । भूकम्पबाट पुरानो भवन चर्किएपछि सोही ठाउँमा नयाँ भवन निर्माण गर्न लागिएको हो । करिब ८ रोपनी क्षेत्रफल जग्गामा निर्माण गर्न लागिएको सो भवन ८ तलाको हुनेछ ।

२ वर्ष ६ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो भवन निर्माणको जिम्मेवारी शर्मा-समानान्तर जेभीलाई दिइएको छ । ९४ करोड ६६ लाख ७७ हजार ४ सय लागत अनुमान गरिएको सो भवन तोकिएको समयमै सम्पन्न हुने महान्यायाधिवक्ता खरेलले अपेक्षा गरे। उनले भवनको गुणस्तरीयता कायम गर्न ठेकेदार कम्पनीलाई सचेत समेत गराए ।

कार्यालयको कार्य चापलाई ध्यानमा राखेर भवनको नक्सा र डिजाईन तयार पारिएको छ । ८ तलाको मुख्य भवनसहित सुरक्षा र क्यान्टिनको समेत भवन निर्माण हुने महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । भूकम्प गएको ३ वर्ष ६ महिनापछि निर्माण सुरु गरिएको सो भवन समयमै बन्ने विश्वास गरिएको छ ।

shares