Breaking News

राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत निकी हेलीकाे राजीनामा स्वीकृत

काठमाण्डौ, २४ असोज ।

संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत निकी हेलीले दिएकाे राजीनामा राष्ट्रपति डाेनाल्ड ट्रम्पले स्वीकार गरेका छन् । साउथ क्यारोलिनाकी पूर्व गभर्नरसमेत रहीसकेकी हेलीको राजीनामाले राष्ट्रपति ट्रम्प प्रशासनलाई आश्चर्यचकित तुल्याएको छ ।

राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँगकाे कुराकानीमा आगामी दुई–तीन साताभित्रै हेलीको स्थानमा अर्को व्यक्ति पठाइने जानकारी दिए । उनले निकी हेलीसँग पुनः काम गर्न चाहेको र राेजेकाे पद दिन सकिने बताए ।

ट्रम्प प्रशासनले हेलीलाई सन् २०१७ को जनवरीमा संयुक्त राष्ट्र संघका लागि राजदूत बनाएको थियो । ४६ वर्षीया हेलीले राजीनामा दिनुपर्नाको कुनै कारण खुलाएकी छैनन् ।

हेलीले सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनको तयारीका लागि राजीनामा दिएको हुनसक्ने आंकलन गरिएको छ ।

shares