Breaking News

भारत: स्टील कारखानामा भएको विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु

काठमाण्डौ, २४ असोज । भारतको छत्तिसगढ राज्यस्थित एक स्टील कारखानामा विस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

प्रान्तीय राजधानी राइपुरबाट करिब ३० किलोमिटर टाढा भारतीय स्टील प्राधिकरण अन्तर्गतको भिलाई स्टील उद्योगको ग्यास पाइपलाइन विष्फोटमा १४ जना घाइते भएका छन् ।

छानबिनपछि मात्रै विष्फाेटबारे विस्तृत जानकारी दिने स्थानीय प्रहरीले जनाएकाे छ ।

भिलाई स्टिल उद्योगमा चार वर्षअघि भएको विष्फाेटमा चार श्रमिकको मृत्यु भएको थियो ।

shares