Breaking News

अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको खसी बाख्रा प्रहरीले भन्सार कार्यालयलाई बुझायो

पकंज शर्मा/झापा, २४ असोज ।

भारतबाट नेपालतर्फ अवैध रूपमा भंसार छली भित्र्याउन लागेको अवस्थामा २८ वटा खसी बाख्रा प्रहरीले पक्राउ गरी मेची भंसार कार्यालय काँकडभिट्टमा बुझाएको छ ।

बुधबार बिहान भद्रपुर नगरपालिका ५ स्थित नेपाल भारत दशगजा क्षेत्रमा भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा अन्दाजी ३ लाख ५० हजार मूल्य बराबरको २६ वटा खसी र २ बाख्रालाई संयुक्त रूपमा वडा प्रहरी कार्यालय भद्रपुर र सशस्त्र प्रहरी २ नं गणले बरामद गरी मेची भंसार कार्यालय कांकडभिट्टामा बुझाएको छ ।

shares