Breaking News

वामदेव गौतमविरुद्ध विश्वप्रकाश शर्मालाई उठाउने कांग्रेसको तयारी

काठमाण्डौ, २३ असोज ।

काठमाडौं क्षेत्र नम्बर ७ को उपनिर्वाचन भएमा नेपाली कांग्रेसले नेकपा नेता वामदेव गौतमविरुद्ध प्रवक्ता विश्वप्रकाश शर्मालाई उठाउने तयारी गरेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले हिमालय टेलिभिजनसँग कुरा गर्दै पार्टी नेतृत्वले आफूलाई बामदेव गौतमसँग चुनाव लड्न आग्रह गरेको बताएका हुन् ।

तर उम्मेद्वारको विषयमा पार्टीभित्र छलफल भइरहेको र त्यसबारे नेतृत्वले निर्णय गर्ने उनले बताए । शर्मा गत मंसिरमा भएको चुनावमा झापा १ बाट पराजित भएका थिए ।

shares