Breaking News

‘केही खराब निर्माण व्यवसायीको कारण सम्पूर्ण निर्माण ब्यवसायी अप्ठेरोमा’

काठमाण्डौ, २३ असोज ।

नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहले केही खराब निर्माण व्यवसायीको कारण सम्पूर्ण निर्माण ब्यवसायी अप्ठेरोमा परेको बताएका छन् ।

पूर्वअध्यक्ष स्वर्गीय शरदुकमार गौचनको स्मृतिमा मंगलबार काठमाडौंमा आयोजित शोक सभामा बोल्दै अध्यक्ष सिंहले खराब निर्माण ब्यवसायीले फैलाएको अराजकताले आफूहरू अप्ठेरोमा परेको बताएका हुन् ।

ब्यवसायी, कर्मचारी र नेताहरूले सार्वजनिक खरिद ऐनको छिद्रलाई दुरुपयोग गरिरहेको हुँदा महासंघ यस्तो कार्यको विरुद्धमा लाग्ने अध्यक्ष सिंहको भनाइ छ । उनले आफू नेतृत्वको कार्य समितिले खराब ब्यवसायीलाई कानूनको दायरामा ल्याउने र त्यसमा प्रतिरोध गरे आन्दोलन समेत गर्ने चेतावनी समेत दिए ।

महासंघका अध्यक्ष सिंहले नेपालको निर्माण क्षेत्रलाई समृद्ध बनाउन गौचनको कार्यकालमा हुन नसकेका कामलाई आफ्नो नेतृत्वको वर्तमान कार्य समितिले पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गौचनको ठीक एक वर्ष अघि नयाँ बानेश्वर शान्तिनगरस्थित आफ्नो निवासबाट महासंघ सचिवालय आउने क्रममा निवास नजिकै गोली हानी हत्या गरिएको थियो ।

shares