Breaking News

महिलाहरु किन लहसुन खाने पुरुषतर्फ अाकर्षित हुन्छन् ?

काठमाण्डौ, १४ जेठ । यदि तपाई कुनै महिलालाई प्रभावित गर्न चाहनुहुन्छ भने लहसुनको प्रयोग गर्न सुरु गर्नुहोस् ।

यो एक अनुसन्धानबाट खुलेको नयाँ तथ्य हो । यो अनुसन्धानमा के देखियो भने, खानामा लहसुन खाने पुरुषतर्फ महिलाहरु आकर्षित भए । लहसुनमा हुने एन्टिबायोटिक, एन्टि वायरल र एन्टि फंगललाई अति महत्वका साथ लिइन्छ । यसको कारण धेरै महिलाहरुले पुरुषको पसिनाबाट आउने लहसुनको गन्ध उनीहरु स्वस्थ भएको संकेत मान्ने गर्दछन् ।

लहसुनले केवल तपाईको शारीरिक रोगसँग मात्र लड्न मद्दत गर्दैन । साथै तपाईको रोमान्टिक लाइफलाई पनि सधैं जवान बनाइराख्न मद्दत गर्दछ । लहसुनले पुरुषको सहवाससँग जोडिएका समस्यालाई हल गर्न पनि मद्दत गर्दछ ।

बिहान उठेर लहसुनको ७ / ८ कलिला दाना खानाले पुरुषमा रहेको यौन सम्बन्धी समस्या दूर हुने र यौन क्षमतामा पनि वृद्धि हुने अनुसन्धानले देखाएको छ ।

shares