Breaking News

वामदेव गौतमलाई सांसद् बनाउन रामवीर मानन्धरद्वारा पदबाट राजीनामाको घोषणा

काठमाण्डौ, २३ असोज । नेपाल कम्युनिष्ट पार्टीका सांसद् रामवीर मानन्धरले नेता वामदेव गाैतमका लागि पदबाट राजीनामा दिने बताएका छन् ।

हिमालय टेलिभिजनसँग कुरा गर्दै काठमाडाै‌ क्षेत्र नम्बर ७ का सांसद् मानन्धरले बर्दिया क्षेत्र नम्बर १ बाट पराजित गौतमलाई सांसद् बनाउन आफूले राजीनामा दिन लागेको बताए ।

सांसद् मानन्धरले नेता गौतम देशको लागि चाहिने नेता भएको भन्दै खुसीले राजीनामा दिन लागेको स्पष्ट समेत पारे । बुधबार बस्ने पार्टी सचिवालय बैठकले निर्णय गरेलगत्तै आफूले सांसद पदबाट राजीनामा दिने उनले स्पष्ट पारे ।

नेता गौतम काठमाडौं क्षेत्र नम्बर ७ बाट सांसद बने जनताको सम्मान हुने उनको तर्क थियो । नेता गाैतमले चुनाव जिते अाफ्नाे क्षेत्रमा विकास हुने पनि उनकाे विश्वास छ ।

जनमतद्वारा अस्वीकृत भएका गौतमलाई सांसद बनाउन लागेकोमा सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को आलोचना पनि सुरु भएको छ । मानन्धरले पदबाट राजीनामा दिएपछि उपनिर्वाचनमार्फत् गौतमलाई सांसद बनाउने सत्तारुढ नेकपाको योजना छ ।

shares