Breaking News

संचार माध्यमप्रति प्रधानन्यायाधीश मिश्रको असन्तुष्टि

काठमाण्डौ, २३ असोज । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विचाराधीन मुद्दामा संचार माध्यमले समाचार लेखेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रधानन्यायाधीश मिश्रले विचाराधीन मुद्दामा समाचार लेख्दा न्यायमा असर परेको र न्यायालयमा क्षति पुगेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

मंगलबार संवैधानिक तथा न्यायिक पत्रकार मंचले दसैं, तिहार, छठलगायतका पर्वको अवसर पारेर काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उनले अदालतलाई क्षति पुर्‍याउने, मानव अधिकार र न्यायमा असर पर्नेगरी काम गर्न दिनु हुँदैन भन्ने विषयमा आफू सचेत रहेको पनि स्पष्ट पारे ।

प्रधानन्यायाधीश मिश्रले न्याय सेवाको सुधारका लागि सम्बन्धित सबै निकायलाई सहयोग गर्न पनि आह्वान गरे ।

shares