Breaking News

युक्रेनको हतियार भण्डारण केन्द्रमा विष्फोट

काठमाण्डौ, २३ असोज । युक्रेनको हतियार भण्डारण केन्द्रमा विष्फोट भएको छ ।

युरोपेली मुलुक युक्रेनको राजधानी किभदेखि झण्डै १ सय ७६ किलोमिटर पूर्वमा रहेको भण्डारण केन्द्रमा मंगलबार स्थानीय समयानुसार बिहान ३:३० बजे विष्फोट भएको रक्षा मन्त्रालयले जनाएको छ ।

विष्फोट क्षेत्रको आसपासमा उच्च सतर्कता अपनाइएको मन्त्रालयले बताएको छ भने करिब दस हजार मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ ।

युक्रेनको सशस्त्र अर्धसैन्य समूह विष्फाेट भएकाे क्षेत्रमा जाँदै गरेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले खटाएको टोली विष्फाेट भएकाे क्षेत्र पुगेपछि मात्रै क्षतिका बारेमा विवरण सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ ।

shares