Breaking News

हुलाक सेवाले बहुआयामिक सेवामा ध्यान दिन अावश्यक

भौतिक मल्ल/काठमाण्डौ, २३ असोज ।

कुनै बेला थियो आममानिस व्यक्तिगत तथा पारिवारिक सूचना आदानप्रदान गर्न हुलाक सेवा खोज्दै हिंड्थे । तर, इन्टरनेटको जमानाले नेपालको हुलाक सेवा झन् झन् सीमित हुन थालेको छ । सेवाग्राही भने हुलाक सेवाको स्तरोन्नतिको पक्षमा छन् ।

कुनैबेला परदेशीको खबर गाउँमा र गाउँको खबर परदेशमा पु¥याउने मात्र होइन, देशभित्रै एक ठाउँको खबर अर्को ठाउँमा आदान प्रदानको मुख्य माध्यम बनेको हुलाक सेवा अहिले ओझेलमा पर्दै गएको छ । व्यक्तिगत चिठी आदानप्रदान हुन छाडेपछि अहिले हुलाक सेवाको काम घटेको छ । सेवाग्राही हुलाक सेवा सुदृढीकरणको पक्षमा छन् ।

अहिले चिठीपत्र तथा खबर आदानप्रदानको काम मोबाइल र इमेलबाट हुने गरेका छन् । समयसापेक्ष आफ्नो सेवालाई विस्तार गर्न नसक्नु र सोहीअनुसारको व्यवस्थापन नहुनुले नै हुलाक सेवालाई सङ्कटमा पुर्‍याएको सरोकारवालाको दाबी छ ।

१९३५ देखि सेवा दिँदै आएको हुलाक सेवा इमेल र मोबाइलको विकास भएपछि सङ्कटमा परेको हो । अहिले ७० जिल्लामा हुलाक कार्यालय छन् । ८४२ वटा इलाका हुलाक कार्यालय र तीन हजार ७४ वटा अतिरिक्त हुलाक कार्यलय छन् । जसमा २० हजार कर्मचारी छन् ।

सर्वसाधारणले चिठीपत्र आदान प्रदान नगरे पनि हुलाक सेवाले भने वार्षिक रूपमा आम्दानी गरिरहेको छ । हुलाक सेवा विभाग नाफामै रहेको तथ्यांक छ ।

सूचना सञ्चार क्षेत्रमा आएको प्रगति र अहिलेको आवश्यकता अनुसार हुलाक सेवाले परिवर्तित समय र मागलाई समेट्ने गरी बहुआयामिक सेवामा ध्यान दिन अावश्यक देखिन्छ ।

shares