Breaking News

फिलिपिन्समा सेना र इस्लामिक विद्रोहीबीचको भिडन्तमा परी १९ सर्वसाधरणको ज्यान गयो

काठमाण्डौ, १४ जेठ । फिलिपिन्समा सेना र इस्लामिक विद्रोहीबीच भएको भिडन्तमा १९ सर्वसाधारणको मृत्यु भएको छ ।

फिलिपिन्सको दक्षिणीक्षेत्र मिन्डानाओ प्रान्तको मारावी नगरलाई इस्लामवादी विद्रोहीहरुको कब्जाबाट मुक्त गर्ने प्रयासमा सर्वसाधारणको ज्यान गएको हो । मारिनेमा ८ पुरुष, महिलाहरु र १ बालक रहेको र उनीहरुले कुरानका श्लोकहरु भन्न नजान्दा इस्लामवादी विद्रोहीले स्थानीयको हत्या गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ ।

हिंसा चर्किएपछि थुप्रै नगरबासी आफ्नो घर छोडी अस्थायी शिविरतिर लागेका छन् । मिन्डानाओ टापु रहेको मारावी नगर हालै विद्रोहीको कब्जामा परेपछि फिलिपिनी सेनाले प्रतिकार सुरु गरेको हो ।

shares