Breaking News

नवनियुक्त न्यायाधीश ब्रेट क्याभानोसँग राष्ट्रपति ट्रम्पले मागे माफी

वासिंगटन, २३ असोज ।

सर्वाेच्च अदालतका नवनियुक्त न्यायाधीश ब्रेट क्याभानोसँग राष्ट्रपति डोनाल्ड ट्रम्पले राजनीतिक तथा व्यक्तिगत लाञ्छनापूर्ण झुट्टा अभियानका निम्ति अमेरिकी जनताकाे तर्फबाट माफी मागेका छन् ।

अनुमोदन प्रक्रियापश्चात् क्याभानाेकाे शपथ समारोहमा ट्रम्पले राष्ट्रसेवामा अग्रसर हुनेहरूको सम्मानजनक मूल्याङ्कन हुनुपर्ने बताए । शनिबार पार्टीगत रूपमा भएको मतदानमा सिनेटले क्याभानोलाई ४८ का विरुद्ध ५० को मतले सर्वोच्चको न्यायाधीश पदमा अनुमोदन गरेको थियो।

यौन दुर्व्यवहारका आरोप खेपेका ब्रेटकाे अनुमोदन प्रक्रिया निकै विवादित रह्यो । केही महिलाले क्याभानोविरुद्ध यौन दुर्व्यवहारका आरोप लगाएका थिए ।

क्रिस्टिन ब्लाजे फोर्डले सिनेटमा क्याभानोले सन् १९८२ ताका आफूमाथि यौन अाक्रमण गरेकाे विवरण सुनाएकी थिइन् ।

shares