Breaking News

सन् २०३० सम्ममा पृथ्वीकाे तापक्रम १ दशमलब ५ डिग्रीले बढ्ने चेतावनी

काठमाण्डौ, २३ असोज ।

सन् २०३० सम्ममा पृथ्वीकाे तापक्रम १ दशमलब ५ डिग्रीले बढ्न सक्ने पछिल्लाे अध्ययनले देखाएकाे छ ।

संयुक्त राष्ट्र स‌ंघले सार्वजनिक गरेकाे प्रतिवेदनले अहिलेकै अनुपातमा विश्वकाे तापक्रम बढ्दा अबकाे एक दशकमा पृथ्वीकाे तापक्रम १ दशमलब ५ प्रतिशतले बढ्ने देखाएकाे हाे ।

प्रतिवेदनले अत्यधिक इन्धन प्रयाेगले ठूलाे असर पर्ने भएकाले नवीकरणीय ऊर्जाकाे प्रयाेगमा जाेड दिएकाे छ ।

विश्वका ६ हजार वैज्ञानिक तथा हजाराैं विज्ञकाे याेगदानमा तयार पारिएकाे प्रतिवेदनले १ दशमलब ५ डिग्री तापक्रम वृद्धिले खाना र पानीकाे अभाव हुने चेतावनी दिएकाे छ ।

shares