Breaking News

पारदर्शी र दूरदर्शी भएर सेवा प्रवाह गर्न कर्मचारीहरूलाई मन्त्री अर्यालको निर्देशन

काठमाण्डौ, २३ असोज ।

भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले कर्मचारीहरूलाई पारदर्शी र दूरदर्शी भएर सेवा प्रवाह गर्न निर्देशन दिएकी छन् ।

अाज भूमि सुधार तथा मालपोत कार्यालय लगनखेल ललितपुरले आयोजना गरको भूमिसुधार तथा मालपोत कार्यालयमा प्रयोग हुने सरलीकृत फारमहरूको शुभारम्भ कार्याक्रममा बोल्दै मन्त्री अर्यालले जनताले परिर्वतनको अनुभूति हुने गरी काम गर्न निर्देशन गरेकी हुन् ।

मन्त्री अर्यालले कर्मचारी भित्रको धुमलिएको छविलाई सुधार्न आफू जस्तोसुकै कदम लिन पछि नपर्ने बताइन् ।

कार्यक्रममा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले मुलुकभर करिब ३४ वटा मालपोत कार्यलयबाट अनलाइन सेवा प्रवाह गरेको जानकारी दिइन् । सचिव मैनालीले एक वर्षभित्र १ सय ५ वटा कार्यालयबाट सरलीकृत सेवा सुचारु गर्ने बताइन् ।

भूमि सुधार तथा मालपोत कार्यालय लगनखेल ललितपुरले आजैदेखि सरलीकृत फारमसंगै अनलाइन बैंकिङ सेवा र टोकन प्रणालीको समेत सुरु गरेको छ ।

shares