Breaking News

खुलेर समस्या राख्न नसक्दा डिप्रेसन र अात्महत्याका घटना बढ्दो

काठमाण्डौ, २३ असोज ।

खुलेर समस्या राख्न नसक्दा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएकाे सराेकारवालाले बताएका छन् ।

काठमाडाैंमा अाज अायाेजित कार्यक्रममा युनाइटेड मिसन टु नेपालकी मानसिक स्वास्थ्य प्रबन्धक प्रसन्ना सुब्बाले खुलेर समस्या राख्न नसक्दा डिप्रेसन र अात्महत्याका घटना बढ्दै गएकाे बताइन् । उनका अनुसार डिप्रेसनकाे समस्या विशेषगरी महिला, दलित र युवाहरूमा बढी देखिएकाे छ ।

मानसिक स्वास्थ्य सम्बन्धी क्षेत्रमा काम गर्दै अाएका जगन्नाथ लामिछानेले मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना बढाउन अावश्यक रहेकाेमा जाेड दिए । खुलेर समस्या राख्न नसक्दा उनीहरूले समयमै उपचार नपाउने गरेकाे उनकाे भनाइ छ ।

नेपालमा यस सम्बन्धी कुनै यकिन तथ्यांक नभएपनि विश्वमा वर्षेनी करिब ८ लाख मानिसले अात्महत्या गर्ने गरेकाे र ३० कराेड मानिस डिप्रेशनकाे शिकार भएकाे विश्व स्वास्थ्य संगठनकाे तथ्यांक छ ।

shares