Breaking News

विदेश नजान अपिल गर्दै दुर्गा रायमाझी (भिडियोसहित)

काठमाण्डौ, २२ असोज ।

वैदेशिक रोजगारीमा गएकालाई फर्कन र जान खोज्नेलाई नजाऊ भन्ने सन्देश सहितको गीत सार्वजनिक भएको छ । वरिष्ठ लोकगायक दुर्गा रायमाझीको स्वर शब्द तथा लयसमेत रहेको गीतमा देशमै केही गर्न अपिलसमेत गरिएको छ ।

नेपालबाट मगाई मगाई गुन्द्रुक ढिंडो खान्छौ
गुन्द्रुक ढिंडो खाने भए किन जापान जान्छौ ।।

आफ्नो घरको परिकार विदेश जाने हरेक नेपालीले सम्झन्छन् । अनि मगाएर खान्छन् पनि । तिनै युवापुस्तालाई दुइचार वर्षपछि नेपालमै धेरैथोक गर्न सकिन्छ भन्ने अनुरोध गीतमार्फत गर्दछन् दुर्गा रायमाझी । उनी ‘फर्क दाइ फर्क, दुईचार वर्ष पर्ख’ भन्दै नेपालबाट पलायन हुन खोज्नेलाई गीतैले विदेश नजाऊ भन्दछन् ।

देशभित्रै रोजगारी सृजना गरी श्रमसीपलाई नेपालमै प्रयोग गर्न सकिन्छ । त्यही अवसर नपाएर नेपालका लाखौं युवायुवती पलायन हुँदै गइरहेका छन् । पलायन भइरहेका नेपालीलाई रोक्न गीत संगीतको पनि ठूलो भूमिका रहन्छ । र राज्यले विदेश गइरहेकालाई रोक्ने र रोजगारी सृजना गरिदिन सक्नुपर्छ ।

भिडियो हेर्नुहोस्-

shares