Breaking News

ट्राफिक प्रहरीको दसैं, तिहार लक्षित “स्पेशल” यातायात सुरक्षा रणानीति तयार

अलि असगर देवान/काठमाण्डौ, २२ असोज ।

दसैं, तिहार पर्वलाई मध्यनजर गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले याे वर्ष “स्पेशल” यातायात सुरक्षा रणानीति तयार गरेकाे छ । दसैं तिहारजस्ता चाड पर्वमा प्रत्येक वर्ष सडक दुर्घटनाकाे स‌ंख्या बढ्दै गएपछि त्यसकाे न्यूनिकरणका लागि विभिन्न खाले यातायात सुरक्षा रणानीतिहरू अपनाइएकाे हाे ।

यात्रुहरूलाई सुरक्षााका साथ गन्तव्यसम्म पुर्‍याउनकाे लागि याे ट्राफिक प्रहरी महाशाखाले सबै नाकामा प्रहरी खटाउनुकाे साथै नागरिक सहायता कक्ष समेत राख्ने तयारी गरेकाे छ । यात्रुलाई ठगिनबाट जाेगाउन तथा अाेभरलाेड गर्न नदिनकाे लागि २४ घण्टा नै प्रहरीले सेवा दिने भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता राजकुमार लम्सालका ०७३\७४ र ०७४\७५ गरी दुई वर्षमा भएकाे सवारी दुर्घटनामा उपत्यकाका काठमाडाै‌ं, भक्तपुर र ललितपुरमा मात्रै १४ जनाकाे ज्यान गएकाे छ ।

याे वर्ष यात्रा गर्न सहज बनाउनकाे लागि ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवसायी महास‌ंघबीच बेग्लै सम्झाैता भएकाे छ । सम्झाैताका अनुसार याे वर्षमा पिक समयमा सवारीसाधनकाे लागि ” रुट फ्री” गरिनेछ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दसैंमा मात्रै उपत्यकामा दुई वर्षमा तीनसय तीसवटा सवारी दुर्घटना भएकाे छ । यसैगरी घटस्थापनादेखि पूर्णिमासम्ममा गम्भीर घाइते १४ र साधारणतर्फ २ सय ६७ जना गरी २ सय ८१ जना घाइते भएका छन् ।

shares