Breaking News

निर्मलाका बाबु यज्ञराज भन्छन्- ‘आफू र परिवारलाई प्रहरीले बारम्बार धम्क्याइरहेको छ’

काठमाण्डौ, २२ असोज ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तका बाबु यज्ञराज पन्तले आफू र परिवारलाई प्रहरीले बारम्बार धम्क्याइरहेको खुलासा गरेका छन् ।

हिमालय टेलिभिजनको कञ्चनपुर सहकर्मी सुरेश भट्टसँग आज कुरा गर्दै उनले घरमा आएर प्रहरीले अनेक आश्वासन र टर्चर दिने काम गरिरहेको बताए ।

प्रहरीले वास्तविक अपराधीलाई बचाउन खोजिरहेको भन्दै बाबु यज्ञराजले कसलाई बचाउन प्रमाण नष्ट गरिएको हो भनेर प्रश्न गरेका छन् ।

सरकारले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा खासै नयाँ केही नभएको भन्दै उनले आशंकाको घेरामा रहेका व्यक्तिलाई सुरक्षा दिएर भारतमा राखिएको समेत दाबी गरे ।

भिमदत्त नगरपालिका वडा नम्बर २ घर भएकी १३ वर्षीया किशोरी निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो । हत्यारा बचाउन प्रहरी प्रशासन नै लागेको भन्दै आलोचना भइरहेको छ ।

shares