Breaking News

दुई अमेरिकी नागिरकलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

काठमाण्डौ, २२ असोज । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकी नागिरकलाई प्रदान गरिएको छ ।

नोबेल पुरस्कार एकेडेमीले अमेरिकी अर्थशास्त्री विलियम नोर्धाउस र पल एम रोमरलाई अर्थशास्त्र तर्फको पुरस्कार दिने निर्णय गरेको हो ।

अमेरिकाको प्रसिद्ध येल विश्वविद्यालयका विलियम नोर्धाउसलाई जलवायू परिवर्तनको दीर्घकालीन समष्टीगत अर्थशास्त्रमा एकीकरण गर्ने सम्बन्धी अध्ययन र न्यूयोर्क विश्वविद्यालयका पल रोमरलाई प्रविधिगत नवीनताको समष्टिगत अर्थशास्त्रसँग जोडेर अध्ययन गरेबापत पुरस्कार दिइएको हो ।

अर्थशास्त्रतर्फको पुरस्कार घोषणासँगै यस वर्षको नोवेल पुरस्कारको घोषणा सकिएको छ ।

shares