Breaking News

पोखरा प्रिमियर लिग (पीपीएल) लार्इ आईसीसीको औपचारिक मान्यता

काठमाण्डौ, २२ असोज ।

पोखरा प्रिमियर लिग (पीपीएल) लार्इ अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले औपचारिक मान्यता प्रदान गरेको छ ।

आगामी कार्तिक दोस्रो साताबाट सुरु हुने पीपीएललार्इ मान्यता प्रदान गरेको पत्र आईसीसीले आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिलाई पठाएको छ ।

प्रतियोगितालार्इ मान्यता दिलाउन आयोजकले आईसीसीलाई २० हजार अमेरिकी डलर बुझाएको छ । उक्त रकम नेपाली क्रिकेट विकासका लागि आर्इसीसीले खर्च गर्नेछ ।

कार्तिक ९ देखि २० सम्म पोखरा रंगशालामा संचालन हुने लिगको पहिलो संस्करणमा ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । सबै टिमको नाम ६ सहरको नामबाट राखिएको छ ।

प्रतियोगिताका सम्पूर्ण खेल हिमालय टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ ।

shares