Breaking News

पन्त परिवारका लागि न्याय माग्दै थाल र चम्चा बजाएर प्रदर्शन

काठमाण्डौ, २२ असोज ।

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारलाई न्याय दिनुपर्ने भन्दै सोमबार काठमाडौँको माइतीघर मण्डलामा आम नागरिक भेलासहितको प्रदर्शन गरिएको छ ।

प्रदर्शनमा सहभागीहरूले थाल र चम्चा बजाएर पन्तको परिवारलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराएका हुन् । सरकारले निर्मलासहितका धेरैलाई न्याय दिने प्रक्रियामा कान नसुनेको जस्तो देखिएकाले थाल ठटाएर जगाउनका लागि ‘थाल ठटाउँदै, न्याय माग्दै’ आन्दोेलन गरिएको नागरिक अभियानले जनाएको छ ।

बलात्कारपछि हत्या भएको दुई महिना नाघ्दा पनि न्याय नपाएकी कञ्चनपुरकी १३ वर्षकी बालिका पन्तको न्यायका लागि दिनहुँ आन्दोलन भइरहेका छन् । उक्त घटनाको अनुसन्धानका लागि विभिन्न समिति बने पनि अहिलेसम्म दोषी पत्ता लागेका छैनन् ।

निर्मला पन्तको घटनामा छानबिन गर्न गठन भएको समितिको प्रतिवेदन गृह मन्त्रालयले आइतबार सार्वजनिक गरेको थियो । त्यसमा पनि स्पष्ट दोषी किटान गरिएको छैन ।

shares