Breaking News

३ नेताका ३/३ रणनीति, क-कस्को रणनीति के? (भिडियो रिपोर्ट)

काठमाण्डौ, २२ असोज ।

ओलीका तीन रणनीति
१– पार्टी र सरकारमाथि बर्चश्व कायमै राख्दै शक्तिशाली अध्यक्षको निरन्तरता
२–प्रचण्डसँग मिलेर माधव नेपाललाई पार्टीमा बलियो हुन नदिने
३– आफ्ना पक्षका कार्यकर्तालाई पार्टीको कार्यकारी जिम्मेवारीमा स्थापित गर्ने
प्रचण्डका तीन रणनीति 
१– ओली र नेपालसँगको सम्बन्धलाई सन्तुलनमा राख्दै शक्ति वृद्धि गर्ने
२ महासचिव विष्णु पौडललाई आफ्नो कित्तामा ल्याउने
३ –महाधिवेशनपछि पार्टी अध्यक्ष बन्ने
नेपालका तीन रणनीति
१–तेस्रो वरियाताबाट कार्याकारी पदमा आउनको लागि वातावरण तयार गर्दै
२–पार्टी अध्यक्ष वा प्रधानमन्त्री बन्नको लागि अध्यक्ष प्रचण्ड र शक्तिशाली नेता बामदेव गौतम फकाउँदै
३ – शक्तिका लागि समूह संगठित गर्दै नारायणकाजी श्रेष्ठ लगायत तत्कालीन माओवादी केन्द्रका सप्टलाइनरहरूसंग बाक्लो भेटघाट

गत जेठ तीन गते नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र एक भएर नेकपा बन्यो । नेकपा बनेपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता नेपाल शक्तिशाली बनेका छन् । आगामी दिनमा पार्टीको नेतृत्वलाई आफू अनुकूल बनाउन नेताहरू कस्तो गृहकार्यमा जुटिरहेका छन् भन्ने तथ्थ विश्लेषकका अनुभवसहित राखेका छौं ।

भिडियो रिपोर्ट-

shares