Breaking News

गैरआवासीय नेपाली संघले सन् २०१९ लाई पर्यटन प्रवर्द्धन वर्ष घोषणा गर्ने

काठमाण्डौ, २२ असोज ।

गैरआवासीय नेपाली संघले सन् २०१९ लाई पर्यटन प्रवर्द्धन वर्ष घोषणा गर्ने भएको छ ।

नेपाल पर्यटन बोर्डले सोमबार काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा संघका अध्यक्ष भवन भट्टले नेपालमा पर्यटनको संख्यालाई बढाउनका लागि सन् २०१९ लाई पर्यटन प्रवर्द्धन वर्ष घोषणा गर्न लागिएको जानकारी दिए ।

नेपाल पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष समेत रहेका भट्टले नेपालको अर्थतन्त्रमा पर्यटन महत्वपूर्ण आधार भएकोले यसको प्रवर्द्धन गर्न जरुरी रहेको बताए । पर्यटन क्षेत्रको प्रवर्द्धन गरे मुलुकको अर्थतन्त्रमा निकै सुधार हुने र अपेक्षा गरिएभन्दा बढी पर्यटन भित्रने उनले दाबी गरे ।

नेपालमा पर्यटकलाई वर्गीकरण गर्ने गरिएको भन्दै उनले पर्यटनको वर्गीकरण नगरी सबैलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिए । त्यस्तै उनले गैरआवासीय नेपाली संघले सुुरु गरेको नमस्ते अभियानलाई प्रभावकारी रूपमा लागू गर्न सके मौलिक सभ्यता तथा संस्कृतिहरूका बारेमा पर्यटकहरूलाई बुझाउन सहज हुने जिकिर गरे ।

अध्यक्ष भट्टले पर्यटकहरूप्रति गरिने व्यवहार परिवर्तनमा समेत नमस्ते अभियानले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

shares