Breaking News

समर्थन फिर्ताको चेतावनीसहित सरकारलाई राजपाको ज्ञापन-पत्र

काठमाण्डौ, २२ असोज ।

राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई समर्थन दिँदा गरिएका सम्झौता तत्काल पूरा गर्न दबाब दिँदै प्रधानमन्त्रीलाई ज्ञापन-पत्र बुझाएको छ ।

सोमबार विभिन्न जिल्ला प्रशासन कार्यालयमार्फत् ज्ञापन पत्र बुझाउँदै राजपा नेपालले सम्झौता कार्यान्वयन नभए अर्को चरणमा समर्थन फिर्ताको निर्णयमा पुग्नसक्ने बताएको छ । राजपाका महासचिव केशव झाले प्रधानमन्त्रीलाई समेत भेटेर ज्ञापन पत्र बुझाउने तयारीमा रहेको जानकारी दिए ।

राजपाले संविधान संशोधन, थुनामा रहेका कैलाली २ का सांसद रेशमलाल चौधरीको सपथ, थुनामा रहेका कायकर्ताको बिना शर्त रिहाई, महंगी नियन्त्रण, बलात्कारका घटनामा संलग्नलाई कारबाही लगायतका माग ज्ञापन-पत्रमा राखेको छ ।

shares