Breaking News

विवाहको कार दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्‍यु

न्यूयोर्क, २२ असोज । अमेरिकामा विवाहको कार दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्‍यु भएको छ ।

न्‍यूयोर्कको स्कोहारी सहरमा विवाहकाे जन्ती लिएर अाइरहेकाे गाडीमा अर्काे गाडीले ठक्कर दिँदा दुर्घटना भएकाे हाे । तीब्र गतिमा अाएका गाडी अापसमा ठाेक्किंदा सडकभन्दा बाहिर पुगेर दुर्घटना भएको थियाे ।

दुर्घटनाकाे कारण बारेमा प्रहरीले थप अनुसान्धान गरिरहेको अन्तराष्ट्रिय सञ्‍चारमाध्‍यमले जनाएका छन् ।

shares