Breaking News

सीके राउत पक्राउ

रौतहट, २१ असोज । देश टुक्र्याउने गतिविधिमा सक्रिय सीके राउतलाई प्रहरीले रौतहटबाट पक्रेको छ ।

जिल्ला प्रहरी कार्यालय, रौतहट अगाडिबाट उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिए । जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किँदै गर्दा उनलाई पक्राउ गरिएको हो ।

अदालतमा राउत करिब एक सय समर्थकसहित उपस्थित भएका थिए । उनीहरूले सीके राउतको पक्राउको विरोधमा प्रदर्शन गरेका छन् । राउतलाई राज्य विरुद्धको अपराधमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

shares