Breaking News

कांग्रेस बैठक जारी, पार्टीको अान्तरिक समस्या हल गर्नेबारे छलफल केन्द्रित

ललितपुर, २१ असोज । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ ।

नेपाल विद्यार्थी संघको विधान, पार्टीको विधान र मुलुकको समसामयिक परिस्थितिबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बोलाइएको हो ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी बैठक नेपाल विद्यार्थी संघको विधान, पार्टीको विधान र मुलुकको समसामयिक परिस्थितिबारे छलफल गर्न केन्द्रित रहेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

विधानको विषयलाई लिएर भातृ संगठन नेपाल विद्यार्थी संघभित्र विवाद देखिएको छ । सोही विवादलाई समाधान गर्न बैठक बोलाइएको हो । बैठकमा पार्टीको विधान मस्यौदा समितिले आफ्नो कामको प्रगति विवरण पनि पेश गर्ने कांग्रेसले जनाएको छ ।

shares