Breaking News

नायिका पूर्णिमा लामा ‘माझी दाइ’सँग (भिडियो)

काठमाण्डौ, २१ असोज ।

नायिका पूर्णिमा लामा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार कमल मगरको शब्द र डि आर अटुको संगीत रहेको ‘माझी दाइ’ गीतको भिडियोमा पूर्णिमालाई अभिनयमा भरत महर्जनले साथ दिएका छन् ।

नव गायिका सुमित्रा राइको स्वर रहेको पूर्वेली लोक र आधुनिक फ्युजन गरिएको गीत ‘माझी दाइ’मा धनु ज्ञाङ्मी मगरको संगीत संयोजन छ ।

कुलेखानी आसपासमा सुटिङ गरिएको गीत ‘माझी दाइ’को भिडियोको छायांकन र सम्पादन एवम् निर्देशन देवजंग थापाले गरेका हुन् ।

भिडियो हेर्नुहोस्-

shares