Breaking News

हैटीको विनाशकारी भूकम्पमा परी कम्तिमा १० जनाको मृत्यु

काठमाण्डौ, २१ असोज ।

हैटीमा शनिबार राति गएको ५ दशमलब ९ म्याग्निच्युडको भूकम्पका कारण कम्तिमा १० जनाको मृत्यु भएको छ । भूकम्पबाट सयाै‌ं घाइते भएका छन् भने घरहरू, चर्च र एउटा अस्पतालमा क्षति पुगेको छ ।

भूकम्पकाे धक्का राजधानी पोर्ट–ओ–प्रिन्स तथा छिमेकी राष्ट्र डोमिनिकन रिपब्लिकसम्म महसूस गरिएको थियो । भूकम्प गएलगत्तै आपतकालीन उद्धार टोली खटाइएको सरकारी अधिकारीले जनाएका छन् ।

अमेरिकी भूगर्भ सर्भेले पोर्ट–डि–पाइक्स सहरबाट २० किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिब १२ किलोमिटरको गहिराईमा भूकम्पको केन्द्रविन्दु रहेको जनाएकाे छ ।

हैटीमा यसअघि सन् २०१० मा गएको ७ म्याग्निच्युडको विनासकारी भूकम्पमा परी करिब ३ लाखको मृत्यु भएको थियो ।

shares