Breaking News

यातायात ब्यवस्था कार्यालय आजबाट ३ नं प्रदेश मातहतमा

काठमाण्डौ, २१ असोज ।

एकान्तकुनामा रहेको यातायात ब्यवस्था कार्यालय आजबाट औपचारिक रूपमा ३ नं प्रदेश मातहतमा गएको छ ।

मुलुक संघीयतामा गइसकेपछि साउन १ बाट प्रदेश मातहतमा जाने भनिएपनि विधिगत हिसाबले एकान्तकुनास्थीत यातायात कार्यालय आजै प्रदेश नं तीन मातहतमा गएको हो ।

ललितपुर एकान्तकुनामा आयोजित यातायात ब्यवस्था कार्यालय उदघाटन कार्यक्रममा ३ नं प्रदेशका भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापितले कर्मचारीको क्षामता विकास गर्नु पर्ने औंल्याए ।

मन्त्री स्थापितले यातायात क्षेत्रलाई डिजिटलमुखी बनाएर सेवाप्रवाहमा सहज बनाउन समेत निर्देशन दिए । उनले हर क्षेत्रमा स्मार्ट फर्मको ब्यवस्था हुने जानकारी दिए ।

कार्यक्रममा यातायात ब्यवस्था कार्यालय लाइसेन्स विभाग एकान्तकुनाका प्रमुख गणेश अर्यालले मुलुक संघीयतामा गइसकेपछि कर्मचारीहरूको ब्यवस्थापनको कुरा अन्यौलमा परेको भन्दै समास्यामा परेको गुनासो गरेका थिए ।

प्रमुख अर्यालले कर्मचारीहरूको समास्यामा कोही अभिभावक नभएको भन्दै दुखेसो पोखेका थिए ।

shares