Breaking News

असाेज मसान्तभित्र सबैतहमा कर्मचारी समायाेजन

काठमाण्डौ, १६ असोज । सरकारले असाेज मसान्तभित्र सबैतहमा कर्मचारी समायाेजन गरिसक्ने गरी गृहकार्य भइरहेकाे बताएकाे छ ।

सिंहदरबारमा अाज बसेकाे संघीय स‌ंसद अन्तर्गतकाे राज्यव्यवस्था तथा सुशासन समितिकाे बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश कुमार थपलियाले संघीय निजामति कर्मचारी सेवा एेनकाे मस्याैदा तयार गरी स्वीकृतिका लागि मन्त्रीपरिषदमा पठाइसकिएकाे बताए । स‌ंघीय संरचना अनुसार एक्काइस हजार तीनसय ९९ कर्मचारीकाे दरबन्दी स्वीकृत भइसकेकाे पनि उनले जानकारी दिए ।

समिति सदस्यहरूले भने संघीयतापछि नेपालकाे कर्मचारी प्रशासनमा दण्डहीनता माैलाएकाे भन्दै अालाेचना गरेका छन् । स‌ंघीयतापछि स्थानीय तहमा कार्यरत कर्मचारीमा मनपरी गर्ने प्रवृत्ति पनि हाबी हुन थालेकाे उनीहरूकाे भनाइ छ ।

समितिकाे अाजै बसेकाे दाेस्राे बैठकमा भने पत्रकारलाई निषेध गरिएकाे थियाे । गृह मन्त्रालय सम्बन्धी छलफलमा स‌ंवेदनशील विषयमा छलफल गर्नु पर्ने भन्दै पत्रकारलाई राेक लगाइएकाे हाे ।

पछिल्लाे समय स‌ंसदीय समितिकाे बैठकमा पत्रकार प्रवेशमा राेक लगाउने प्रवृत्ति बढेकाे छ । श्रेष्ठले समितिकाे जिम्मेवारी सम्हालेयता पत्रकारलाई रोक लगाइएको यो तेस्रो पटक हो ।

shares