Breaking News

यस वर्षको भौतिकशास्त्रतर्फको नोवेल पुरस्कार तीन जना वैज्ञानिकलाई

काठमाण्डौ, १६ असोज । यस वर्षको भौतिकशास्त्रतर्फको नोवेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।

लेजर फिजिक्सको क्षेत्रका काम गरिरहेका अमेरिकाकी नागरिक आर्थर अस्किन, फ्रान्सेली जेरार्ड माउरो र क्यानडाकी डोन्ना स्ट्रिकल्याण्डलाई पुरस्कार दिने घोषणा गरिएको हो ।

रोयल स्वीडिस एकाडेमी अफ साइन्सको विशेष कमिटीले चिकित्सादेखि अप्टिकल फाइबरसम्म महत्वपूर्ण योगदान गरेको लेजर फिजिक्सका अध्येतालाई यस वर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार प्रदान गरिने जनाएको छ ।

पुरस्कारको राशि मध्ये ९६ वर्षीय अस्किनले ५० प्रतिशत र स्ट्रिकल्याण्ड र माउरोले २५–२५ प्रतिशत प्राप्त गर्ने छन् । सन् १९०१ देखि प्रदान गर्न थालिएको भौतिकशास्त्रको नोबेल पुरस्कार प्राप्त गर्ने स्ट्रिकल्याण्ड क्यानडाकी पहिलो महिला हुन् ।

५९ वर्षीया स्ट्रिकल्याण्ड ५५ वर्षयता नोवेल पुरस्कार पाउने पहिलो महिला हुन् । उनले लामो समयदेखि भौतिक विज्ञानको क्षेत्रमा शोध, अध्ययन अनुसन्धान गर्दै आएकी छिन् ।

यसअघि सन् १९०३ मा म्यारी क्वुरी र मारिया जोएप्पोएर्ट मेयरले सन् १९६३ मा भौतिकशास्त्रमा नोबेल पुरस्कार जितेका थिए ।

shares