Breaking News

रौतहट प्रिमियर लिगको तेस्रो दिन रौतहट ११ को विजयी सुरुवात

रौतहट, १६ असोज । गरुडा श्रीराम सुगर मिल्सको क्रिकेट मैदानमा भइरहेको रौतहट प्रिमियर लिगको मंगलबार भएको तेस्रो दिनको खेलमा रौतहट ११ ले विजयी सुरुवात गरेको छ ।

टस जिती ओमेगा इन्टरनेशनल कौलेज ललीतपुरले बलिङ्ग गर्ने निर्णय गरेको थियो । ब्याटिङको लागि मैदानमा उत्रिएकोे रौतहट ११ ले पूरै २० ओभर खेली ६ विकेटको क्षतिमा १ सय २८ रन बनाएको थियो । १सय २९ रनको लक्ष्य पाएको ओमेगा ईन्टरनेश्नल कलेज ललितपुरले १८.२ ओभर खेल्दै सबै विकेटको नोक्सानीमा ६० रन मात्र बनाउन सकेको थियो ।

रौतहट ११ का लागि क्याप्टेन आशिफ कन्दोयीले ४१ बलमा ४० रनको योगदान दिएका थिए भने रौतहट ११ कै आशिफ साहले ३३ बलमा २६ रनको योगदान दिएका थिए । रौतहट ११ कै विक्रम साहले उत्कृष्ट बलिङ्ग गर्दै ४ ओभरमा ३ विकेट लिंदै जम्मा ९ रन दिएका थिए ।

प्रतियोगिताको म्यान अफ द म्याच विक्रम साह घोषित भएका थिए । असोज १४ गतेदेखि सुरु भएको रौतहट प्रिमियर लिगमा जिल्लाका २ टिमसहित देशैभरिका ९ वटा टिमहरूको सहभागिता रहेको कुरा आयोजक ओमेगा इन्टरनेश्नल कलेज ललितपुरका प्रतियोगिता संयोजक बृजकिशोर यादवले बताए ।

लिगको फाइनल खेल २३ गते हुने आयोजकले बताएको छ । सो लिगको प्रतियोगितामा प्रथम हुने टिमलाई ३ लाख ५० हजार र दोस्रो हुने टिमलाई १ लाख ५० हजार नगद राशी पुरस्कार दिइनेछ ।

shares