Breaking News

इण्डोनेसिया सुनामी: मृतकको संख्या बाह्र सय नाघ्यो

काठमाण्डौ, १६ असोज । गत शुक्रबार इण्डोनेसियामा गएको भूकम्प र त्यसपछिको सुनामीका कारण मर्नेको संख्या बाह्र सय नाघेको त्यहाँका अधिकारीहरूले जनाएका छन् ।

यसअघिको तथ्यांक अनुसार ज्यान गुमाउनेको संख्या ८४४ रहेकोमा उक्त संख्या बढेर मंगलबार बाह्र सय नाघेको हो ।

सुलावेसी टापुको मध्येभागमा गएको ७.५ म्याग्निच्युडको भूकम्पले निम्त्याएको सुनामीले पालु सहरलाई ठूलो क्षति पुर्‍याएको छ ।

प्रभावित क्षेत्रमा मानिसहरूका लागि खाद्य वस्तु, इन्धन र पानीको अभाव देखिएको छ । भग्नावशेषभित्र अझै पनि जीवित मानिसहरू पुरिएको अवस्थामा रहेको हुन सक्ने अाशंका गरिएको छ ।

पालु सहरमा भूकम्पका कारण भएको भूस्खलनका कारण पुरिएको चर्चको भग्नावशेस हटाउने क्रममा ३४ जना विद्यार्थीको शव फेला परेको थियो ।

shares