Breaking News

खोलामा तैरिरहको अवस्थामा महिलाको शव फेला

गुल्मी, १६ असोज । गुल्मीको चन्द्रकोट गाउँपालिका-७ स्थित बडिगाढ खोलामा तैरिरहको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

गुल्मी दरबार गाउँपालिका–३, कमलपोखरी निवासी ५० वर्षीया सावित्रा कुँवर मगरको शव खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायव निरीक्षक शिवबहादुर खत्रीले जानकारी दिए ।

सावित्रा असोज ११ गते छत्रकोट गाउँपालिकामा रहेको साथीको घर जाने भन्दै घरबाट हिँडेकी थिइन् । साथीको घर नपुगी बेपत्ता भएकी उनको ५ दिनपछि शव फेला परेको हो ।

प्रहरी नायब निरीक्षक खत्रीले पोस्टमार्टमका लागि शव सदरमुकाम लगिएको जानकारी दिँदै घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

shares