Breaking News

अन्तर्राष्ट्रिय अहिंसा दिवस तथा १५० औं गान्धी जयन्ती नेपालमा पनि मनाइँदै

काठमाण्डौ, १६ असोज । आज अन्तर्राष्ट्रिय अहिंसा दिवस तथा १५० औं गान्धी जयन्ती, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।

महात्मा गान्धीको जन्म दिन अक्टोबर २ का दिन मनाइने अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठाले राजधानीमा ‘२१ औं शताब्दीको लोकतन्त्र र गान्धी विचार’ विषयक विचार गोष्ठी आयोजना गरेको छ ।

गोष्ठीमा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, कांग्रेस केन्द्रीय सदस्य प्रदीप गिरी, नेकपाका केन्द्रीय सदस्य घनश्याम भुषाल, भारतीय जनता पार्टीका नेता तरुण विजय, भारतीय कांग्रेसका नेता चन्दनकुमार र नेपालका लागि भारतीय राजदूत मंजितसिंह पुरीले संबोधन गर्ने कार्यक्रम छ ।

चर्खा अान्दोलनलगायतका अहिंसावादी अान्दोलनका नेता गान्धीकै शैलीमा नेपालमा पनि अहिंसात्मक आन्दोलनका स्वरूपहरू देखिएको थियो । पछिल्लो समय अहिंसात्मक आन्दोलनको रूपमा काठमाडौको माईतीघर मण्डलामा भेला हुने र प्रदर्शन गर्ने तथा प्लेकार्डहरू देखाउने चलन छ ।

shares